सरकार-विप्लव समूहबीच नै वार्ता टोली गठन


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १८

धरानः सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो ।
सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन गरिएको जानकारी दिएका छन् ।
उता विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन् । हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप