ताप्लेजुङको दोभान बजारमा आगलागी

३५ घर जलेर नष्ट, आगलागीबाट जोगाउनको अन्य घर भत्काइँदै


  • दिलकुमार लिम्बू
  • २०७७ फागुन १८

ताप्लेजुङः ताप्लेजङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार दोभान बजारमा बाक्लो बस्ती भएकाले आगो नियन्त्रणमा आइसकेको छैन ।
अहिले प्रहरीले स्काभेटरबाट अन्य घरहरू आगलागीबाट जोगाउनको लागि भत्काइरहेको छ । आगो नियन्त्रणभन्दा बाहिर गइसकेकाले केही घर भत्काएर अग्निरेखा कोर्ने काम हुँदैछ । अग्नि नियन्त्रक यन्त्रबाट पानी बोकेर निभाउने काम भइरहेको प्रवक्ता पोखरेलले बताए ।
बजारमा ग्यासका सिलिन्डरहरू पड्किरहेकाले आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ ।  बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए।
आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए । आगोले पुरयाएको क्षतिको विवरण पनि आइसकेको छैन ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजार हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप