धरानमा महिला सञ्जालको रक्तदान

बराह ग्रुप, रेडक्रस र नेवार एकता समाजलाई सम्मान


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १८

धरानः धरानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
महिला सञ्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष चेतना श्रेयङले जानकारी दिइन् ।
‘नेतृत्वमा नारी कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने नाराका साथ भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यसैबीच सञ्जालले धरानस्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ग्रुपलाई सम्मान पनि गरेको छ । ग्रुपका अध्यक्ष मानबहादुर विश्वकर्मालाई दोसल्ला, सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै, रेडक्रसका उपसभापति डम्बरु सिग्देल र नेवार एकता समाजका अध्यक्ष राजेशमान श्रेष्ठलाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, धरानकी अग्रणी समाजसेवी सरला कायस्थ, अध्यक्ष श्रेयङ, भुपु अध्यक्ष सविता राईलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप