
धरानः नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघले पूर्णता पाएको छ ।
गणेश परियारको सभापतित्व कार्य समिति चयन भएको छ । उपसभापतिमा काजीमान विशंखे, सचिवमा कमला रुचाल, सहसचिवमा प्रदीप गहतराज र कोषाध्यक्षमा कमला रनपहेंली चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा राजु रोक्का, गुमान सिह ठटाल, रिता सुन्दास, ओमप्रकाश पाँचकोटी, मनिषा विक, दुर्गाबहादुर विश्वकर्मा, खुशी दर्जी, सुजु सुन्दास, पूर्ण मगराती, कल्पना चाहर छन् ।
दलित संघ धरान उप–महानगर समितिद्वारा आयोजित नेपाल दलित संघ जिल्ला समितिका प्रतिनिधि विजय अछामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।