
धरानः गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो छिन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई जीवन बाबुले मिक्सिङ, मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो छिन’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।
टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।