
धरानः मदिरा भनेर सेनिटाइजर खाएपछि मोरङमा एकैदिन दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीय अम्विका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् ।
प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको जानकारी दिए ।
मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति सेनिटाइजर एकैपटकमा पिएको जानकारी उनका श्रीमान छविलाल गिरीले प्रहरीलाई दिएका छन् । दुवैजनालाई उपचारका लागि शनिबार राति कोशी अस्पताल लगिएपनि उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।