धरानमा संस्थान र बोर्डबीच मर्जः प्रक्रियामै !


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १७

धरानः अन्ततः धरान उपमहानगरपालिकाले खानेपानी संस्थान धरानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेको छ ।
धरानमा खानेपानी वितरण गदैं आएको खानेपानी संस्थानको धरानस्थित शाखालाई उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको हो । धरान उपमहानगरपालिकाले यस विषयमा भने केही सार्वजनिक गरिसकेको छैन । ‘मर्जको लागि सबै प्रक्रिया पूरा हुने चरणमा छन्’, मेयर तिलक राईले भने, ‘प्रक्रिया पूरा भइसकेपछि यस विषयमा पूर्णरुपमा सार्वजनिक गछौैं ।’ मेयर राईले फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने बताए ।
हाल संस्थानका ४३ जना कर्मचारी बोर्डमा आइसकेका छन् भने ३० जना सरुवा भइसकेको एक कर्मचारी बताउँछन् ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले संस्थानको सम्पत्ति, दायित्वलाई आइतबार नै बोर्डमा हस्तान्तरण गरिएको बताए । ‘सोमबारदेखि नै संस्थानका केही कर्मचारी बोर्डमा हाजिरसमेत भइसकेका छन्’, उनले भने, ‘अन्य कर्मचारी आउने क्रम जारी छ ।’
उता संस्थानका एक कर्मचारीले भने बोर्डमै मर्ज भएपनि खानेपानीको समस्या उस्तै रहने बताउँछन् । धरानमा संस्थानले १८ हजार र बोर्डले ९ हजार घरधुरीलाई पानी वितरण गर्दै आएका थिए । ‘अहिले बोर्डले पानी वितरण गर्दै आएपनि धरान–१५ मा पनि दिन बिराएर पानी वितरण गर्नुपरेको अवस्था छ, त्यसैले पनि खानेपानीको समस्या ज्युँका त्युँ रहने समस्या रहन्छ’, एक कर्मचारी भन्छन् ।
धरानमा पानीको हाहाकार हुन थालेपछि दीर्घकालीन खानेपानी समस्या समाधान गर्न एसियाली विकास बैंक (एडिबी) ले २२ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान सहयोग गरेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप