सुनसरीमा पत्रकारितामा प्रवेश गरेकाहरुलाई तालिम


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १७

इटहरीः दक्ष र व्यवसायिक पत्रकार तयार गर्न सोमबारदेखि इटहरी र इनरुवामा एक हप्ते आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।
राज्य, समाज र नागरिकप्रति बढी उत्तरदायी क्षेत्रमध्येको एउटा क्षेत्र पत्रकारिता भएकोले नेपाल पत्रकार महासंघले भर्खरै पत्रकारितामा प्रवेश गरेकालाई तालिम दिएको हो । नेपाल पत्रकार महासंघले नेपालले देशभरका ११ वटा जिल्लासँग समन्वय गरी तालिम गर्ने क्रममा सुनसरीको इटहरी र इनरुवाबाट सुरु गरेको नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तालिम व्यवस्थापक संघर्ष पन्तले बताइन् । सञ्चारगृहकै सिफारिस अनुसार तालिमलाई सहभागिता रहेको जानकारी दिइयो ।
तालिम उद्घाटनका क्रममा इटहरीमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झा र इनरुवामा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष अमर खड्काको सभापतित्वमा भएको थियो । तालिममा इटहरी र इनरुवामा गरी ४० भन्दा बढीको सहभागिता रहेको जिल्ला नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका तालिम प्रमुख हिरण्य जोशीले जानकारी दिए । तालिम नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र जिल्ला शाखाको समन्वयमा भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप