धरानमा समाजवादी र जनमुक्तिबीच समायोजन

समाजवादी तेस्रो शक्तिः अशोक राई


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १६

धरानः तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएपछि तल्लो तहसम्म समायोजन हुने क्रम जारी छ ।
यसैक्रममा धरानमा पनि समायोजन भएको छ । आइतबार भएको समायोजनले पुनः ताजुप लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय धरान उपमहानगर समिति समायोजन भएको छ । समायोजनपछि साविकको संरचनामा फेरबदल भएको छ । यसअघि सचिव रहेका हेमराज जिमीलाई उपाध्यक्ष जिम्मेवारी दिइएको छ । त्यसैगरी प्रेमराज शाक्यलाई उपाध्यक्षमा राखिएको छ । यसअघि उपाध्यक्ष रहेका कृष्ण राईलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ भने अर्का उपाध्यक्ष बिनापुमा राईसहित तीनजना उपाध्यक्ष भएका छन् ।

सहसचिव शम्भु राई सचिव र सहसचिवमा तीनजना सुमन चेम्जोङ, सीता राई, कमला सुब्बा रहेका छन् । कोषाध्यक्षमा लक्ष्मी राई छिन् । समायोजनमा सदस्यहरुमा जीवन राई, मिलन राई, मनिष खिम्दुङ, नवराज राई, पूर्णवान्तव राई, भगिराज चेम्जोङ, चन्द्र सोताङ राई, केदार राई, कमला तामाङ, नन्दा लिम्बू, किरण देवान, कल्पना राई, प्रेम राई, प्रेमकुमार राई, लिला राई, जीवन सुप्तिहाङ राई, नरेस लिम्बू, कुमार प्रधान, इन्द्र फोम्बो, निर्मला राई, वसन्त लिम्बू, दासाङ शेर्पा, सेम लिम्बू, रवि पाख्रिन, ममता वान्तवा राई, दिलु राई, नगेन्द्र याक्खा, नरेन्द्र याक्खा, लहरुमाया जिमी, कमला थक्लेन लिम्बू, रोहित शंकर रहेका छन् ।
समाजवादीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उनले पछिल्लो समयमा आएर समाजवादीलाई तेस्रो शक्तिको रुपमा विपक्षी पार्टीले हेरिरहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलाले केपी ओली तानाशाह हुनबाट रोकेको उनले दाबी गरे । समाजवादी शुरूवातदेखि नै संविधान संशोधनकै पक्षमा रहेको भन्दै समान अधिकारको लागि न्यूनतमरूपमा सबैले स्वीकार गर्ने खालको संविधान हुनुपर्ने जोड यथावत रहिरहने उनले बताए । धरानबाट महत्वपूर्ण २५ वटा सरकारी कार्यालय जानुमा पाखुरा सुर्किने प्रवृत्तिको कारणले भएको उनले बताए ।
समायोजन कार्यक्रममा उपाध्यक्ष रविन राईको संयोजकत्वमा भएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप