बन्धक बनाएर १० लाख फिरौती माग

महिलासहित दुई युवा दुईघण्टाभित्रै समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १६

विराटनगरः विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती रकम माग गर्ने तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र बिराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । उनीहरुले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र फिरौतीबापत परिवारसँग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको दुई घण्टाभित्रै कामतलाई विराटनगर–६ बाट सकुशल उद्दार गरेको हो ।
मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप