थालियो तयारी

जेठ तेस्रो साता एसइई र अन्तिम साता कक्षा–१२ को अन्तिम परीक्षा लिने तयारी, शैक्षिक सत्र असारदेखि शुरु


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १६

धरानः एसइई र कक्षा-१२ को एसएलसी परीक्षा जेठभित्र सक्ने गरी तयारी थाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशन सँगै एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी बोर्डले आन्तरिक तयारी सुरु गरेको छ ।
बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा-१२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । नेपाल सरकार मन्त्रिपरिषदको माघ २६ गतेको बैठकले माध्यमिक शिक्षा परीक्षा सञ्चालन र व्यवस्थापन तथा शिक्षा नियमावली संशोधनको निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले फागुन ५ गते बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो ।
मन्त्रालयको पत्रपश्चात् बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिकरूपमा निर्णय गरिने जानकारी दिए । हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ ।
यस्तै, सरकारले यो बर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको छ । यस अघि बसेको मन्त्रीपरिषद् बैठकले दिएको म्याण्डेड अनुसार शिक्षा मन्त्रालयले शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको बाटो खुला गर्ने निर्णय गरेको हो ।
जेठभित्र सबै परीक्षा सक्ने र कोभिडका कारण साविकको विद्यालय छाडेर पायक पने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । यसका लागि विद्यालयले स्थानान्तरण गरेर जिल्ला स्थित समन्वय इकाइलाई जानकारी गराउनु पर्ने छ ।
‘यो बर्षको पठनपाठन र अन्तिम परीक्षा जेठभित्र सक्ने र असार १ गते देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ’ शर्माले भने, ‘अवस्था सामान्य नै भयो भने २०७८ सालको शैक्षिक सत्र भने साविककै जस्तो चैतमै सकिने अपेक्षा गरिएको छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप