धरानमा धमाधम समातिँदै

खैरोहिरोइन बिक्री वितरण गर्ने र लागूऔषधसहित सातजना समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ११

धरानः धरानमा खैरो हेरोइनसहित युवा पक्राउ परेका छन् ।
धरान–३ बस्ने वर्ष ३० को विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
लागूऔषध खैरो हेरोइन ओसारपसार तथा खरिद–बिक्री गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी टोलीले निजहरुलाई खोजतलास गर्ने क्रममा उनीहरुबाट सो सामग्री फेला परेपछि पक्राउ गरिएको उनले जानकारी दिए ।
भृकुटीपथस्थित विनयको कोठामा प्रहरी पुग्दा विनयले लागूऔषध खैरो हेरोइन बिक्री गर्ने प्रयोजनको लागि प्लाष्टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा ५ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछ गर्दा बरामद हुन आएको लागूऔषध उत्सव र उमेशसँग मिलेर बिक्री वितरण गर्ने प्रयोजनको लागि ल्याएको हौं भनेर विनयले खुलाएपछि उनीहरु समेत पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुमाथि मङ्गलबार नै सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार धरान–८ लाङ्घालीचौक बस्ने वर्ष ४५ को यज्ञबहादुर खड्काले आफ्नो घरकोठामा लुकाइराखेको लागूऔषध डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतल, नाइट्रोजन ट्याब्लेट १६५ चक्की र स्पास्मो प्रोक्जोभिन ७२ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–८ बस्ने वर्ष २९ को आकाश श्रेष्ठबाट डाइलेक्स डिसी १०० एमएल लेखिएको २ बोतलसमेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार नै धरान–७ तरेवा होटल अगाडिबाट धरान–१३ बस्ने वर्ष २६ को ओमप्रकाश कार्कीलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६०० मिलीग्रामसहित फेला पारी पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए । उनीमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै, धरान–१५ सयपत्री मार्गबाट वर्ष ४० को कृष्ण थापामगरलाई लागूऔषध १ ग्राम ८०० मिलीग्रामसहित फेला पारी पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप