धरानमा महोत्सवको तयारी

पहिलोपटक अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव हुने


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ११

धरानः धरानमा अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवको तयारी थालिएको छ ।
पहिलोपटक धरानमा महोत्सव हुने भएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । उनका अनुसार धरान–१३ को आयोजनामा यस्तो महोत्सव गर्न लागिएको हो । फागुन २८ र २९ गते अमरहाटमा यस्तो महोत्सव हुन लागेको उनले जानकारी दिए ।
महोत्सव सफल बनाउन साहित्यकार तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर बम देवानको संयोजकत्वमा १७ सदस्य महोत्सव मूल आयोजक समिति गठन गरिएको वडाअध्यक्ष काफ्लेले जानकारी दिए ।
मूल समितिका सहसंयोजक गोपाल प्रयास श्रेष्ठले सम्पूर्ण तयारी थालिएको जानकारी दिए । उनले नेपालसहित भारतका साहित्यकारको जमघट हुने जानकारी दिए । साहित्यिक पर्यटन महत्सवमा गजल, कविता गोष्ठी, चित्रकला प्रदर्शनी, नृत्य प्रदर्शनीलगायतका कार्यक्रम आयोजना हुने उनले जानकारी दिए । ‘महोत्सवमा जातीय संस्कृति झल्किने नृत्य प्रदर्शन हुनेछ, यसले पाहुनालाई थप मनोरञ्जन हुनेछ’, उनले भने ।
उनले भारतबाट ५० तथा नेपालका एक हजार साहित्यकारहरुलाई महोत्सवमा निमन्त्रणा गरिसकिएको जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप