
विराटनगरः उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाँल खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
दिउँसो ३ बजे विराटनगर–१६ दुर्गा मन्दिर स्थितमा फुयाँलले चलाइ ल्याएको को२ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाइ ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोइन फेला परेकोले टेम्पोसहित नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।