अब शिक्षक-प्राध्यापकलाई खोप

फागुन २३ गतेदेखि कोरोना खोप लगाउने तयारी


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १०

धरानः महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप आगामी २३ गते देखि लगाउने तयारी सरकारले थालेको छ ।
सयौं बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आउने शिक्षकलाई सो खोप दिन सरकारले ढिलाइ गर्दै आएको भन्ने आवाज उठिरहेका बेला सरकारले शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई दोस्रो चरणको खोपमा प्राथमिकताका दिएको हो ।
भारतको सेरम इन्ष्टिच्युटअफ इन्डियाबाट सरकारले २० ल्याउने लाख डोज खोपमध्ये १० लाख डोज खोप आइतबार आएसँगै मन्त्रालयले यस्तो निर्णय गरेको गणेश श्रीवास्तव जानकारी दिएका छन् ।
मन्त्रालयले फागुन २३ गतेबाट जेष्ठ नागरिकलाई पनि खोप दिने निर्णय गरिसकेको छ । भारतले अनुदानमा १० लाख डोज खोप दिए पछि गत माघ १४ गते देखि नेपालमा खोप अभियान सुरु भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप