
विराटनगरः मोरङको कटहरी–२ का ३३ वर्षीय धनिराम चौधरी, कटहरी–४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
आइतबार दिउँसो साढे ३ बजे कटहरी–४ स्थित चमराही चौकबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै, सिरहा मिर्चैया नगरपालिका६ बस्ने २८ वर्षीय ब्रमदेव यादव लागूऔषध डाइलेक्स डिसीसहित पक्राउ परेका छन् । आइतबार साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कटारी जाँदै गरेको अवस्थामा कटारी नगरपालिका–१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा डाइलेक्स डिसी थान २७ सहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।