सहमतिपछि खुल्यो ताला

धरानको बीपी प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला सहमतिपछि खुल्यो


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ९

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा.डा. गुरूप्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खुलेको छ ।
आइतबार समाजका साथ प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाह गरी चारै पदाधिकारीहरूबीच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो । वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिनाभित्र प्रमोसनको विज्ञापन प्रकाशित गर्ने सहमति कायम भएको छ । यस्तै, जोखिम भत्ता फागुन १४ गतेभित्र वितरण गर्न शुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ताभित्र तार्किक निष्कर्षमा पुग्ने गरी कार्य गर्ने समेत सहमति भएको हो ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. खनाल प्रतिष्ठानका चिकित्सकहरूको बढुवा प्रक्रियालगायत अन्य कार्यको लागि काठमाण्डौ पुगेका थिए ।
वार्तामा सहमती भएपछि हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरिएको समाजका अध्यक्ष डा.विष्णु पोखरेलले जानकारी गराए । अन्य मागहरू एक सातामा पूरा गर्ने सहमती भएपछि काम गर्नका लागी उर्जा मिलेको उनले बताए । सहमति पत्रमा प्रतिष्ठानका चारैजना पदाधिकारीले हस्ताक्षर गरेका थिए भने समाजका तर्फबाट अध्यक्ष सहित महासचिव सूर्यप्रसाद रिमाल, सहसचिव सन्दिप साह, कोषाध्यक्ष अन्जनीकुमार यादव, सदस्य मनोज भट्टराई, निर्मलप्रसाद साह र लक्ष्मण खनालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप