अब सरकारी स्कुलका विद्यार्थीले १५ रुपैयाँको खाजा पाउने

मकैको खीर, फर्सीको केक, कोदोको हलुवादेखि पनिरसम्म खान पाउने, प्रदेश १ का बालबालिकाले आइरन शक्तियुक्त खाजा खान पाउने


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ९

धरानः अब सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले १५ रुपैयाँमा खाजा पाउने भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २९ हजार ५८७ इसिडिमा ५ लाख ४१ हजार ४८० र २७ हजार ५४० विद्यालयका २३ लाख ९८ हजार ८०९ जना गरी जम्मा २९ लाख ४० हजार ७८९ जना विद्यार्थीले त्यही १५ रुपियाँमा पौष्टिक खाजा खान पाउने भएका हुन् । यसका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ अर्ब ७२ लाख ९३ हजार ३० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
केन्द्रले तयार गरेको दिवा खाजा तालिकामा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गाका ४–१२ वर्ष उमेर समूहका लागि पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति चिल्लो पदार्थ प्रोटिन भिटामिन ए जिंक आइरन शक्तियुक्त खाजाको तालिका तयार गरेको छ ।
त्यस्तै, मध्य पहाडका सोही समूहका विद्यार्थीलाई पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्तिसहित चिल्लो पदार्थ प्रोटिन भिटामिन जिंक आइरन शक्ति सहित सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,मकवानपुर, धादिङ, नुवाकोट, काठमाडांै, भक्तपुर, ललितपुर र नवलपुर बर्दघाट, सुस्तापुर्व, पाल्पा, स्याङजा, तनहुँ, कास्की, पर्वत, लमजुङका विद्यार्थीलाई दिवा खाजा तयार गरेको छ ।
त्यस्तै गरी पूर्वी तराई सेट एक क्षेत्रका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सामा सोही समूहका विद्यार्थीलाई पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति सहित चिल्लो पदार्थ प्रोटिन भिटामिन जिंक आइरन शक्ति सहित स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको सूची तयार गरेको छ । त्यसैगरी क्षेत्रः पूर्वी तराई सेट २ झापा, मोरङ, सुनसरी र उदयपुरका बालकालिकालाई सोही स्थानमा उपलब्ध खाजालाई सूचिकृत गरेको छ ।
त्यसैगरी क्षेत्रः पश्चिम तराई सेट १ चितवन, नवलपरासी (पश्चिम सुस्ता), रुपन्देही, कपिलवस्तु, दाङका बालाबालिकालाई सोही मात्राको पौष्टिक तत्व भएको साप्ताहिक खाजासूची सार्वजनिक गरेको छ ।
पश्चिम तराई सेट दुईमा पर्ने बाँके, बर्दिया, कैलाली, कन्चनपुरका ४–१२ बर्ष उमेर समूहका लागि पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति चिल्लो पदार्थ प्रोटिन भिटामिन ए जिंक आइरन शक्ति युक्त खाजाको तालिका तयार गरेको छ ।
जसमा पोषिलो जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, र आलु पनीर रहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप