प्रदेश १ को राजनीतिः कांग्रेस अविश्वास प्रस्तावको पक्षमा ! यस्तो देखियो अंकगणित


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ९

विराटनगरः नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रदेश १ संसदमा टेबल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले देशभर वर्तमान सरकारविरुद्धमा आन्दोलन गरिरहेको कांग्रेसले प्रदेश १ मा पनि सोहीअनुसार मतदान गर्ने बताएका छन् ।
संविधानको धारा १८८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री शेरधन राईमाथि सभामा लिखित अविश्वासको प्रस्ताव पेश गरिएको छ । प्रदेशसभामा ९३ सांसद छन् । जसमध्य नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन् ।
नेकपाका ६७ मध्ये ओली समूह अर्थात् मुख्यमन्त्री राईसँग जम्मा २२ जना सांसद छन् । यस हिसाबले मुख्यमन्त्री राई अल्पमतमा छन् । उनलाई ४७ जना आफ्नो पक्षमा लिएर अविश्वास प्रस्ताव फेल गराउन अन्य पार्टीको सहयोग आवश्यक हुन्छ । २१ सांसद रहेको कांग्रेसले उनलाई सहयोग गरे मुख्यमन्त्री पद जोगिने सम्भावना छ । कांग्रेसले विपक्षमा मत दिए उनी स्वतः पदमुक्त हुनेछन् ।
उता प्रचण्ड–माधव नेतृत्वका नेता भीम आचार्यले मुख्यमन्त्री राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अत्याधिक मतले पारित हुने दाबी गरेका छन् ।
प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि आचार्यले भने, ‘हामी आफै बहुमतमा छौं, अरु प्रतिपक्षी दलहरु पनि छन्, सबैको सहयोगले पास भएरै छाड्छ ।’ फागुन २० गतेको सदनमा एक दुई दिन छलफलपछि यो टुंगोमा पुग्ने आचार्यले दाबी गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप