धरानमा धमाधम बालमैत्री वडा घोषणा

धरान-८ लाई बालमैत्री वडा घोषणा, सभामुख, मेयर उपमेयर, वडाध्यक्षले गरे हस्ताक्षर


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ८

धरानः धरानमा धमाधम बालमैत्री वडा घोषणा हुन थालेका छन् ।
यसैबीच शनिबार धरान–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ब्यानरसहितको रयालीपछि सो वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी थिए । उनले दीप प्रज्वलन गरी ‘प्रतिबद्धतापत्र’ मा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो पत्रमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, कावा वडाध्यक्ष प्रेमबहादुर तामाङले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले शुभकामना मन्तव्यमा ३९ वटा सूचकहरु र अन्य १६ वटा स्टेजहरु पार गर्दै धेरै मिहिने समय खर्चिएर यहाँसम्म ल्याइ पुरयाउन सफल बनेको बताए । उनले तथ्यांकले २२ सय २४ जना बालबालिकाहरु रहेको र बालमैत्री घोषणा गरेर मात्र नहुने प्रत्येक टोलका घर–घरमा अभिभावकहरुको जिम्मेवारी आएको बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, टिएलओको तर्फबाट नन्दलाल तामाङ, बाल सञ्जालको तर्फबाट सचिव निश्चल खड्का, महिला सञ्जालको तर्फबाट चेतना श्रेङ, वितरण समन्वय जिल्ला सुनसरीका सदस्य सीता पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमा स्वागत भाषण सोही वडाकी वडासदस्य सावित्रा परियारले गरेकी थिइन् भने टिएलओ, विद्यालय, बालक्लब, बाल सञ्जालका प्रतिनिधिहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन धरान उपमहानगरपालिका समाज विकास महाशाखाका अधिकृत भुवन राईले गरिकी थिइन् । कार्यक्रममा बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप