यसरी सकियो धरान रन

आर्मीका गजेन्द्र राई र सन्तोषी श्रेष्ठ विजेता, भाइरल भुटियाले भने- लागूऔषधमा नफँसौं (तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ८

धरानः धरान १० के रन नवौं नेवा च्यारिटी–२०७७ सकिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई विजयी बनेका छन् । यस्तै, महिलातफ धादिङकी सन्तोषी श्रेष्ठ विजयी बनिन् ।
गजेन्द्रले १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए भने महिलातर्फकी सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दुरी पार गरेकी थिइन् ।
पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्की ३३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् ।
आर्मीकै जितेन्द्र दनवार ३४ मिनेटमा दुरी पुरा गर्दै तेस्रो भए भने जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा पार गर्दै तेस्रो भइन् ।
यस्तै, भोजपुरका श्रीकास राई चौथो र धरानका नविन तामाङ पाँचौं भए भने धरानकी इन्द्रकला लिम्बू र कमला राई क्रमशः चौथो र पाँचौं भए ।
पुरुष तथा महिला प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित ट्रफी, मेडल पाए भने चौथो र पाँचौ हुने धावकधाविकाहरुले सान्त्वना पुरस्कार पाए । धरान रनले रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरेको थियो । कार्यक्रममा विश्वको दोस्रो उच्च शिखर के टुमा हिउँदमा सफल आरोहण गरेर विश्व कीर्तिमान गर्ने आरोही दललाई सम्मान गरिएको थियो । यस्तै, चर्चित गायक राजु लामा, पूर्व मिस नेपाल मलिना जोशी, दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटियालाई पनि सम्मान गरिएको छ ।
धरानका मेयर तिलक राईले धरान रन नेपालकै महत्वपूर्ण इभेन्टकोरुपमा स्थापित भइसकेको बताए ।
कार्यक्रममा बोल्दै भाइरल दार्जिलिङका प्रमिस भुटियाले आफू ३६ वर्षसम्म लागूऔषधको कुलतमा फँसेको बताउँदै त्यतिबेला आफ्नो आधार उमेर नै सकिएको बताए । उनले युवाहरुलाई अल्कोहलदेखि टाढा रहन आग्रह समेत गरे । तस्वीरहरुः लक्ष्मण थापा

हेरौं भिडिओ:

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप