धरानमा कोरोनाको खोप लगाइछाड्ने योजनामा उपमहानगर !

खोप लगाउन किन डराउनुः स्वास्थ्य प्रमुख


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ७

धरानः कम उपस्थिति भएर कोरोना खोप नलगाएपछि धरान उपमहानगरपालिकाले समय थपेको छ ।
पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका १६ सय जनालाई खोप लगाउने लक्ष्य राखिएपनि कम उपस्थिति भएर खोप नलगाइसकेको हुनाले भोलि (शनिबार) एकदिन म्याद थप गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
‘यसअघि कतिले जानकारी नै भएन भने भने कतिले ठाउँ नै पत्ता लगाउन सकेनौं भन्ने गुनासो आयो’, उनले भने, ‘भोलि एकदिन म्याद थप गरेर दोस्रो प्राथमिकतामा रहेकालाई खोप लगाउँछौं ।’
धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्रमा खोप लगाउन सकिने उनले जानकारी दिए । यसअघि ६३० जनाले मात्र खोप लगाएको उनले जानकारी दिए । उनले प्रचारप्रसार कम भएर पनि कम उपस्थिति भएको अनुमान लगाए । ‘धेरै त प्रचारप्रसार नै हुन पाएन’, उनले भने, ‘त्यही भएर पनि धेरैलाई थाहा छैन ।’
उनले कोरोना खोप लगाउन डराउन नहुने बताए । ‘साइड इफेक्ट पो होला कि भन्ने डर धेरैमा छ तर पनि साइड इफेक्ट हुँदैन, ढुक्क भएर लगाउँदा हुन्छ ।’ उनले थपे, ‘खोप लगाएका अधिकांशले ज्वरो आउने, वाकवाकी लाग्ने समेत भएको पाइयो तर त्यो २४ घण्टापछि आफैं हराएर जान्छ, डराउनुपर्दैन, अहिलेसम्म खोप लगाउँदा अस्पताल भर्ना गरेको रेकर्ड छैन ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप