धरानको सम्यक स्कुलमा प्रजातन्त्र दिवसमा हाजिरीजवाफ


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ७

धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा प्रजातन्त्र दिवसको अवसर पारेर हाजिरीजवाफ प्रतियोगिता आयोजना भएको छ ।
धरान राउण्ड टेबलले प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, सामान्य ज्ञान विषयवस्तुमा आधारित गरेको प्रतियोगितामा दृष्टि राई, रोजिना तामाङ, सन्तोष दर्जी र विपिन शंकरको समूह प्रथम भएको थियो भने रोसिका तामाङ, दीक्षा लिम्बू, विकेश विक र स्वयम तामाङको समूह दोस्रो र रोजी मगर, देव लिम्बू, एञ्जल विक र दोर्जे तामाङको समूह तेस्रो भएका छन् ।
धरान राउण्ड टेबलका अध्यक्ष आशिष अग्रवालले बालबालिकाहरुलाई उनीहरुले अध्ययन गर्ने पाठ्यपुस्तकभित्रबाट हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगितामा सम्पूर्ण बालबालिकाहरुलाई खाजाको पनि व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप