धरानमा चर्चितको स्वागत

धरानमा चर्चित गायक राजु लामा, नायिका मेलिना जोशी र विश्वकै दोस्रो अग्लो हिमाल चढ्ने नेपाली आरोही निर्मल पुर्जासहितको टोलीलाई बाजागाजासहित भव्य स्वागत (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ७

धरानः धरानमा चर्चित गायक राजु लामा, धरानकी बासिन्दा नायिका मेलिना जोशी र विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा चढ्ने निर्मल पूर्जासहितको टोलीलाई भव्य स्वागत गरिएको छ ।
भोलि हुने धरान रनको कार्यक्रममा सहभागी हुन उनीहरु धरान आएका हुन् । उनीहरुलाई होटल गजुर प्यालेसको भवनदेखि भानुचोक (धरान रनको कार्यालयसम्म) सम्म बाजागाजासहित सडकै हिँडाइएको हो । उनीहरुलाई पञ्चेबाजा र ढोलझ्याम्टासहित सडकै हिँडाइएको थियो । उनीहरु बाटोमा चण्डी नाच देखाउँदै हिँडेका थिए ।
यस्तै, गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जासहितको टोलीलाई पनि भव्य स्वागत गरिएको थियो । म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका थिए ।
उनीहरुलाई अध्यक्ष रमु राईलगायत रनको समूहले भव्य स्वागत गरेको थियो । भोलि धरान दौडिँदैछ । प्रतियोगितामा भारतका कालिङपुङ, सिक्किम, मिरिक र ग्वाटी र नेपालका जुम्ला, सर्लाही, काठमाडौं, ललितपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ र झापा साथै आर्मीबाट सहभागिता रहने जनाइएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप