शनिबार दौडिँदैछ धरान

गायक राजु लामा पनि आउने


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ६

धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
फागुन ८ गते अर्थात् शनिबार धरानलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । ‘शिक्षाका लागि च्यारिटी दौड’ नारा दिइएको सो प्रतियोगिता धरान रनको आयोजनामा विगत वर्षहरूमा झैं यसवर्ष पनि हुन लागेको हो । तर यसपटक १५० जनालाई मात्रै सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष रमु राईले जानकारी दिए ।
अध्यक्ष राईले कोरोनाको कारण सहभागी हुन इच्छुक मानुभावहरुलाई क्षमा माग्दै चार हप्ताअघि ट्रायलमा सहभागी पुरुष ४० मिनेट र महिला ५० मिनेटमा दुरी पार गर्ने ओपन क्याटगरीको आधार र धरान बाहिरबाट मोबाइल एप्स अनि सर्टिफिकेटको आधारमा १५० जनाले मात्र सहभागिता गराइएको जानकारी दिए । थप केही पाहुना रनरको रुपमा सिक्किम र जुम्लाका आरोही टिमहरुमा तीनजनाले सहभागी हुने उनले बताए ।
त्यसैगरी थप आकर्षणमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, देश बाहिर दार्जिलिङका म्याराथुन धावक एवं लागूऔषध दुव्र्यसनका अभियन्ता प्रमेश भुटियाको प्रतियोगितामा सहभागी रहने जनाइएकाो छ । यस्तै, अतिथिको रुपमा गायक राजु लामाको समेत उपस्थित रहने उनले बताए ।
गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत बजेट कटौती गरेर अनुमानित ८ लाखमा प्रतियोगिता सकिनेछ । यो वर्ष बाहिर देशका धावकहरु ल्याउन नसकिएता पनि भारतको कालिङपुङ, सिक्किम, मिरिक र ग्वाटीबाट सहभागी हुने र नेपालका जुम्ला, सर्लाही, काठमाडौं, ललितपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ र झापा साथै आर्मीबाट सहभागिता रहने जनाइएको छ ।
समूहका सल्लाहकार एवं सदस्य गोपाल राईले कोभिडको कारण गत वर्ष २४ जना विद्यार्थीलाई स्कुल ड्रेस र स्टेशनरी सामान वितरण गरिने जानकारी दिए । कार्यक्रममा सहसचिव इन्द्रमणि गुरुङ, उपाध्यक्ष युगल लिम्बू, सदस्य कृष्ण सुनुवार र अप्सरा राईसमेतको उपस्थितिमा प्रतिगोगितामा सहभागीहरुलाई दिइने मेडल र टि–सर्ट सार्वजनिक गरिएको थियो ।
तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप