किन घटिरहेको छ सुनको भाउ ?


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ६

धरानः पछिल्लो ९ महिनामा पहिलोपटक सुनको भाउ सस्तो भएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार २ सय र तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रियरूपमा सुनको मागमा कमी आउन थालेपपछि सुनको भाउमा गिरावट आएको नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्री बताउँछन् ।
अध्यक्ष लकान्द्रीले भने, ‘अन्तर्राष्ट्रियरूपमा कोभिडको असर कम हुँदै जाँदा विश्वअर्थतन्त्रका लागानीका अन्य क्षेत्रहरु चलायमान हुन थालेका छन् । जसले गर्दा सुनमा लागानी गर्ने प्रवृत्ति परिवर्तन भएको छ । सोही कारण सुनको मागमा कमी आएको छ ।’
नेपाली रूपैयाँ डलरको तुलनामा बलियो बनेका कारणले पनि सुनको भाउमा गिरावट आएको हुन सक्ने लकान्द्रीको भनाइ छ । नेपालमा गत जेठमा सुनको भाउ सबैभन्दा बढी १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । अध्यक्ष लकान्द्रीका अनुसार अब सुनको भाउ निरन्तर ओरालो लागिरहेनछ । दिनहुँ सुनको भाउ घटबढले पनि त्यसतर्फ संकेत गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप