उपकुलपतिको कार्यकक्षमा ताला


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ५

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकहरुले ताला लगाएका छन् ।
बुधबार उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी लगाइएको हो । तीन वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै चिकित्सकले ताला लगाएका हुन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले ताला लगाएको समाजका अध्यक्ष डा.विष्णु पोखरेलको जानकारी दिए । उनले तीन वर्ष अगाडिदेखि चिकित्सकहरुको बढुवा रोकिँदा विभिन्न विभागहरु सञ्चालनमा गम्भीर समस्या भएको, यसले बिरामीको उपचारमा समेत समस्या सिर्जना गरेको जानकारी दिए ।
उनले २ वर्षदेखि अवरुद्ध भएको बढुवा प्रक्रिया रोकिएको जानकारी दिए । विशेषतः प्रतिष्ठानमा ३–३ महिनामा बढुवा हुनुपर्ने प्रावधान रहेको र पछिल्लो समय ६ महिनामा बढुवा गरिँदै आएको छ ।
आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरुलाई आवास उपलव्ध गराउन भवन निर्माणका लागि पहल गनुपर्ने, विभागीय प्रमुखहरुको रोटेशन मिलाउनुपर्ने, शिक्षकहरुलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिलाउनुपर्ने, सहज इन्टर्नेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारवाही गर्नुपर्नेलगायत माग पनि चिकित्सकहरुले राखेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप