धरानको प्राइम भिजनले सरकारी स्कुललाई दियो ६ थान कम्प्युटर


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ५

धरानः धरान–१० कलेजरोड स्थित प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेण्टले धरानका दुई विद्यालयलाई ६ थान कम्प्युटर प्रदान गरेको छ ।
प्राइम भिजनले धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयलाई ३ थान कम्प्युटर प्रदान गरेको हो । कार्यक्रममा पञ्चायत आधारभूत विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष जनार्दन वस्तीले सरकारी विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेको बेला विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउन कम्प्युटर प्रदान गरेकोमा प्राइम भिजनलाई धन्यवाद दिए । उनले प्राइम भिजनको सहयोग प्रति कृतज्ञता समेत प्रकट गरे ।
यसैगरी प्राइम भिजनले धरान–१७ स्थित सम्यक आधारभूत विद्यालयमा समेत ३ थान कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले अहिलेको कम्प्युटर युगमा सरकारी विद्यालयमा प्रदान गरेको कम्प्युटरले विद्यार्थीहरुको सीप सिकाइमा अझ निखार आउने बताए ।
कार्यक्रममा प्राइम भिजनका को–अर्डिनेटर अनिल श्रेष्ठले प्राइम भिजनले विगतका वर्षहरुमा पनि सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गर्दै आएकोमा यसवर्ष दुईवटा सरकारी विद्यालयमा कम्प्युटर प्रदान गरिएको बताए ।
उनले बोर्डिङ स्कुलका विद्यार्थीहरुको मात्र कम्प्युटरमा पहुँच पुगेको भन्दै अब सरकारी विद्यालयका विद्यार्थीहरुमा पनि कम्प्युटरको पहँुच पुरयाउने उद्देश्यले कम्प्युटर वितरण गरेको जनाए । उनका अनुसार गत माघ २१, २२ र २३ गते विद्यालयमा भएको फुड फेस्टिबलबाट संकलित रकमले ति कम्प्युटरहरु खरिदगरी प्रदान गरिएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप