धरानमा पनि जनगणनाको तयारी

माग्यो जोड दुई र स्नातक गरेका गणक र सुपरीवेक्षक


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ५

धरानः धरान उपमहानगरपालिकामा पनि १२ औं राष्ट्रिय जनगणनाको तयारी थालिएको छ ।
धरानमा ‘मेरो गणना, मेरो सहभागिता’ को मूल नारासहित यसको तयारी थालिएको हो । धरान उपमहानगरपालिकामा आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म १२ औं जनगणना–२०७८ सञ्चालन हुने भएको हो ।
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको क्रममा १२ औं जनगणना हुन लागेको हो । वस्तुपरक तथ्याङ्क थालिने धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
प्रशासकीय अधिकृत खतिवडाले यसपालिको जनगणनामा शिक्षित युवाहरुलाई तथ्याङ्क संकलन गराउने जानकारी दिए । ‘वस्तुपरक तथ्याङ्कका लागि पनि शिक्षित युवा आवश्यक छ, त्यसैले जोड दुई सकेका र स्नातक गरेका व्यक्तिहरु यसमा खटिनेछन् ।’
यसैबीच उपमहानगरपालिकाले जनगणना कार्यका लागि आवश्यक पर्ने जनशक्ति गणक र सुपरीवेक्षक पदमा जोड दुई र स्नातक गरेका व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ । आवेदनका लागि www.cbs.gov.np मार्फत् थप जानकारी लिन सकिने उपमहानगरपालिकाले जनाएको छ ।
राष्ट्रिय जनगणनाका लागि घर तथा परिवार सूचीकरण २०७८ जेठ १ गतेदेखि २० गतेसम्म र मुख्य प्रश्नावली जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने कार्यक्रममा जनाइएको थियो । उपमहानगरपालिकाले धरानबासी दाजुभाइ, दिदीबहिनीहरुमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको छ । उपमहानगरपालिकाले जनगणनाको समयमा नेपाली नागरिकलाई सकेसम्म आ–आफ्नै घरमा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप