
धरानः धरानमा दर्जनौं युवा, मजदुर र महिला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा परित्याग गरी १०० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका हुन् । ५२ जना टेम्पो व्यवसायी, मजदुर र ४९ जनाभन्दा बढी महिला र युवायुवती प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले अविर तथा सदस्यता प्रदान गरेका थिए । तस्वीरः लक्ष्मण थापा