आजको स्तम्भः विचार, फिचर, मेरो भन्नुछ

सकारात्मक सोंच कसरी बनाउने ?


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ७

एउटा नेपालीमा उत्ति छ,‘जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।’ यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ । हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहीअनुरुपको शरीर बन्छ । खप्तड बाबाले भनेका छन्– “विचार बाण सरह हुन्छ ।
कुनै पनि अवस्थाप्रति धेरै दुखी र चिन्तित नभई त्यसलाई सहज बनाएर मनमा लिनुलाई सकारात्मक सोच भन्ने बुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाइ मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाइको प्रतिफल पनि सकारात्मक नै हुन्छ । जसरी एकपटक बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिँदैन, त्यसरी नै हामीले बोलेको प्रत्येक विचारले हाम्रो जीवनमा धेरै प्रभाव पार्ने गर्छ ।
सकारात्मक सोचको शक्ति उल्लेखनीय छ । वास्तवमा, सकारात्मक सोचले तपाइको जीवन परिवर्तन गर्न सक्छ । म तपाईंलाई आश्वस्त गर्न सक्छु कि, यदि तपाइले आफूलाई म राम्रो गर्न सक्छु, म हरेक कुरामा सफलता हासिल गर्न सक्छु भनेर सोच्नुभयो भने तपाइको जीवनमा छिट्टै नै राम्रो दिशातिर मोडिन सक्छ । म तपाईहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु ।
के तपाईहरुलाइ थाहा छ कि सफल, खुसी र सकारात्मक व्यक्तिहरु दिनभरी के सोचेर बस्ने गर्छन् । उनीहरुले बिहानै उठ्दा के सोचेर आफ्नो खाटबाट निस्कने गर्छन् होला ।
स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरी उपयोगी बनाउने भनेर सोच्दछन् र कसरी सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन् । यसरी सकारात्मक दृष्टिकोणको विकासले तपाईंको सम्पूर्ण जीवनलाई सच्चाइमा परिवर्तन गर्न सक्दछ । एलोन मस्क एक सकारात्मक सोच राख्ने व्यक्ति हुन् र एक सफल बिजनेस मानिस हुन् । उनी भन्ने गर्छन् कि हरेक साधारण मानिस, असाधारण मानिस बन्न सक्छ । यसका लागि बस तपाईले सकारात्मक सोच राख्नुपर्ने हुन्छ ।
असफल केही छैन, म गर्न सक्छु भनेर सकारात्मक सोच राख्न सक्नुचाहिँ पर्छ । सकारात्मक सोच नै तपाइको सफलताको पहिलो खुडकिलो पनि हो । सकारात्मक सोच राख्न सकारात्मक हुन हामीले निम्न कुरामा ध्यान दिन सक्छौं ।
–स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । बिहानको चिसो हावामा हिँड्ने आदि ।
–बिहानको समयमा एक घण्टा व्यवसाय, नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने अर्थात दिमागलाई शान्त बनाउने ।
–खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाइरहने । पानीको मात्रा मिलाएर पिउने ।
–स–साना काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
–कसैको इष्या र डाहा नगर्ने ।
–आफ्नो काममा नै मस्त हुने ।
–बढी महत्वकांक्षी नहुने ।
–आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने ।
–देखासिखीमा आफ्ना आवश्यकता नबढाउने ।
–आफूसँग भएका र रहेका चिजबाट थप केही सिर्जना गर्ने ।
आजको समयमा हरेक मानिस डिप्रेसन जस्तो रोगबाट ग्रसित भएको हुन्छन् । एक विद्वानले भनेका छन् कि यदि तपाईलाई डिप्रेसन भएको छ भने तपाई भूतकाल यानिकी पुरानो कुरामा बाँचिरहनु भएको छ । यदि तपाई शान्त भएर बाँच्नु भएको छ भने तपाई वर्तमानमा बाँचिरहनु भएको छ । यसरी वर्तमानमा बाँच्नका लागि तपाईले सकारात्मक सोच राख्नुपर्नेछ । -एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप