नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चारजना पक्राउ


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ७

विराटनगरः झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार राति नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चारजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तीन बोतल, नाइकाभेट १७ ट्याब्लेट र नगद ११ हजारसहित स्थानीय २४ वर्षीय विनोद पोद्दार र १८ वर्षीय अजय पोद्दारलाई मंगलबार राति साढे ८ बजे पक्राउ गरेको हो ।
यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ बाट कमल गाउँपालिका–५ का २५ वर्षीय प्रकाश फुयाँल लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाइजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागूऔषधसहित मंगलबार साँझ साढे ६ बजे पक्राउ परेका हुन् ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ वर्षीय राकेश राई ५ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति सवा ९ बजे राईलाई लागूऔषधसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका चारैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप