धरान-१७ का युवासहित ८ जना समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ६

विराटनगरः झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध खैरोहिरोइन र लागूऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन ।
मोरङ रतुवामाइ नगरपालिका–४ आमबारीस्थितबाट सोमबार साढे ४ बजे दुई जना खैरोहिरोइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रतुवामाइ–२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मियाँ र भारत अररिया जिल्ला कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।
भारतीय नम्बर प्लेट बिआर३७ यु५८२३ नम्बरमा सवार गरी आएका दुवैजनालाई नियन्त्रणमा लिई उनीहरु उपर चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । सोमबार बेलुका ६ बजे धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बालाई ५० ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बूलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमबार अपरान्ह ५ बजे बेलडाँगीबाट पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझीलाई किरात चोकबाट पक्राउ गरेको हो । यस्तै, इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशीलाई लागूऔषध लुपिजेसिक ३० सिसी, डाइजोपिन ३० सिसी र प्रोमोथाइजीन ३० सिसी गरी जम्मा ९० सिसीसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप