आजको स्तम्भः मनोरञ्जन

आहा ! धराननजिक गज्जबको ताल

पिकनिकमा रमाउने थामिनसक्नु (२० तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ५

धरानः गत शनिबार धराननजिकको सुन्दर तालमा रमाउन पुगेकी धरानकी सिर्जना गिरीले खुशीले हर्षित थिइन् । कारण–सुन्दर तालमा रमाउन पाउनु । ‘धराननजिकै पनि यस्तो गज्जबको ताल छ भन्ने धेरैलाई हेक्का नहुनसक्छ’, उनले भनिन्, ‘क्या सुन्दर छ ताल ।’
धराननजिक रहेको सुन्दर ताल राष्ट्रिय सम्मानित (रास) तालले आन्तरिक र बाह्य पर्यटक तान्न थालेको छ । सीमसार क्षेत्रमा बनेको ताल अहिले पर्यटकीय गन्तव्य र पिकनिकको गन्तव्यसमेत बनेको छ । इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानमार्फत् सञ्चालित यो ताल धरानदेखि १५ मिनेटमा ड्राइभिङ गरी पुग्न सकिन्छ ।
करिब ४४ बिघामा फैलिएको ताल सुनसरीको सामुदायिक वन क्षेत्र बक्लौरी ६४ बिघामा छ । इटहरीस्थित तरहराको बाटो हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । स्थानीय शशी राईले यस क्षेत्रमा सरकारले शुरुमा ८ लाख दिएको र स्थानीय स्रोतबाट ५ लाख रुपैयाँ बजेटमा यसलाई सुन्दरता थप्ने काम गरिएको हो ।
सातामा ५ हजारभन्दा बढी पर्यटक आउने गरेको उनले जानकारी दिए । उनले बिदाको दिन २०–२५ ग्रुपमा पर्यटक आइपुग्ने गरेको सुनाए । ‘खासमा अन्य बार केही घुम्न आउने पर्यटक भित्रिएपनि शनिबार पिकनिक (वनभोज) खानेको थामिनसक्नु भीड हुन्छ’, उनले सुनाए, ‘यहाँ बनेका पर्यटकीय पूर्वाधारले नै पर्यटक तानेको हो ।’
२०७१ सालदेखि स्थानीय बासिन्दाहरुको पहलमा यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन जुटेसँगै यो क्षेत्र छोटो समयमै उचाइ लिन थालेको स्थानीयबासी बताउँछन् । आर्कषक तालको चारैतिर बाँध, डुंगा, बालउद्यान, माछापालन, फिसिङको समेत व्यवस्था छ ।
तस्वीरहरु:  हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप