आजको स्तम्भः जुम इन (मोडल)/मनोरञ्जन

को राम्री, कस्ती र कसरी राम्री ?

फेसन प्रतियोगितामा रुपरंग हेर्ने होइनः रजनी लिम्बू, धरान आएपछि मेरो व्यक्तिगत उचाइँ चुलियो (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ५

धरानः गाउँबाट केही अभिलाषा बोकेर सहर छिरेकी धनकुटा बोधेकी रजनी तुम्सा (लिम्बू) अहिले सन्तुष्ट छिन् । भन्छिन्, ‘फेसन प्रतियोगिता भनेको व्यक्तित्व विकास गराउने हो भन्ने बुझ्थें हो रहेछ ।’
सहर झर्छु, सौन्दर्य (फेसन) प्रतियोगितामा भाग लिन्छु र व्यक्तित्व विकास गराउँछु भन्ने उनको सौख र रहर पनि पूरा भएको छ । ‘साँच्चै भन्ने हो भने यस्तो खाले प्रतियोगितामा भाग लिएर मेरो व्यक्तिगत उचाइँ चुलिएको छ ।’
धनकुटाको मंगलादेवी माविबाट कक्षा–१० सम्म पढेकी उनी एसइई सकेर सिधैं धरान झरेकी थिइन् । धरान आएपछि उनले मिस एसइई प्रतियोगितामा भाग लिइन् । त्यतिबेला खासै सफलता मिलेन ।
पब्लिक स्पिकिङमा समेत खप्पिस उनी धरानस्थित सगरमाथा एसडी कलेजमा पनि त्यस्तै सौन्दर्य प्रतियोगितामा भाग लिइन् । त्यतिबेला पनि उनी नै बिजेता बनिन् । त्यसपछि उनी पूर्वाञ्चल बागिना कला केन्द्र धरानले आयोजना गरेको मिस स्टेट १ (सौन्दर्य प्रतियोगिता) मा भाग लिइन् । त्यतिबेला उनी बिजेता बनेकी थिइन् । उनले सुजुकीको लेट्स ब्राण्डको स्कुटी पनि पाइन् । योसँगै उनले मिस ट्यालेन्ट, मिस डिसिप्लीनको उपाधि पनि जितिन् ।
हाल उनी सगरमाथा कलेजमै म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत् छिन् । सफलताको पछाडि परिवारको हात रहेको उनको भनाइ छ । ‘तिमी छोरी यो यो गर्न हुँदैन भन्ने पनि सुनेकी छु’ उनले भनिन्, ‘तर परिवारको पूर्ण सपोर्ट छ, त्यही भएर पनि सफलता हासिल गरें ।’
सौन्दर्य प्रतियोगितालाई नेतृत्व र व्यक्तित्व विकास हुने क्षेत्र हो भन्ने कुरा उनले बुझेको बताइन् । ‘सौन्दर्य प्रतियोगिता बुझ्ने तरिका फरक भएपनि आफूले धेरैजसो मानिसको कन्सेप्ट केन्द्रविन्दु सौन्दर्यतामा बढी बुझ्छन्, यसले बौद्धिकता, नेतृत्व र व्यक्तित्व विकास हुन्छ भन्ने बुझेकी छु ।’
पहिलाको रजनी र अहिलेको रजनीमा निकै फरक पाएको उनले बताइन् । मिस स्टेट १ भइसकेपछि आफूमा निकै परिवर्तन आएको उनले बताइन् । ‘सकारात्मक कुरा पाएँ, जिम्मेवारी बोध भएको साथै व्यक्तित्व विकास र महिला सशक्तिकरण आदिका बारेमा पनि बढी बुझेकी छु ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप