
धरानः धरानका सन्देश बम्जन लामा नेपाल स्टारको टप ४ मा पर्न सफल भएका छन् । उनी नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो नेपाल स्टारको टप ४ मा परिसकेका छन् ।
उनी धरान आएर सबैजनालाई भोट गरिदिनहुन अनुरोध गरेका छन् । आइतबार धरानस्थित बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अब धराने जनताको साथ र सहयोग चाहिएको बताए ।
रातो र चन्द्र सूर्य बोलको गीत समेत गाएर सुनाएका उनले धरानेलगायत देश–विदेशबाट सहयोग मिलेकै कारण आफू यो स्थानसम्म आइपुग्न सफल बनेको उनले बताए । बुबा पशुपति तामाङले अब धरानबासीको सहयोग आवश्यक रहेको बताए । ‘यतिञ्जेल धरानबासीलगायत देशविदेशमा रहेका नेपालीको सहयोगले नै मेरो छोरा यो स्थानसम्म आइपुग्न सफल बनेको हो, त्यसैले अब यो अन्तिम मौका रहेको र यसमा पनि सहयोग गरिदिनुहुन्छ भन्ने आशा छ ।’ उनले भने ।
यसैबीच धरानमा सन्देशलाई भव्य स्वागत गरेर रयाली समेत निकालिएको थियो । मंगलबार धरानको भानुचोकमा सांगीतिक कार्यक्रम समेत गरिने (सन्देश बम्जन जिताऔं) अभियानका संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । उनी बुधबार फाइनलका लागि काठमाडौं फर्किदैछन् ।
उनले एनएस १३ टाइप गरेर ३३००१ मा पठाइदिनका अनुरोध गरेका छन् । माघ १७ गते बेलुकी ६ बजेसम्म भोटिङका लागि खुल्ला रहेको उनले जानकारी दिए । ‘गत शनिबार ९ बजेदेखि भोटिङ शुरु भएको छ भने माघ १७ गते बेलुकी ६ बजेसम्म भोटिङ खुल्ला रहन्छ’, उनले थपे, ‘मेरो सफलतामा धरानबासीको ठूलो हात छ, त्यसैले सहयोग गरिदिन हुन हार्दिक आग्रह गर्दछु ।’ तस्वीरः लक्ष्मण थापा