दुर्घटनामा धरान-१० का युवाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ४

धरानः दुर्घटनामा धरानका एक व्यक्तिको मृत्यु भएको छ ।
शनिबार राति भएको दुर्घटनामा धरान-१० का ३० वर्षीय विक्रम चेम्जोङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । राति साढे ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरीको आँपगाछी चोकमा सो दुर्घटना भएको हो । धरानबाट इटहरीतर्फ जाँदै गरेको को१ख ५५२७ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किन पुगेको थियो । धरानतर्फ आउँदै गरेको को२५प ६७१६ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो ।
मोटरसाइकलको पछाडि बसेका ३२ वर्षीय साहिल तुलाधर गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ट्रक चालक धरान-५ का अम्बरबहादुर राई प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप