काठमाडौंमा प्रदेश १ को कार्यकर्ता भेला

थाकिसक्नुभयो होला, अझै केही बिग्रेको छैन फर्केर आउनुहोस्ः प्रम ओली


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ३

धरानः प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र नेपाल जस्केलाबाट नेतृत्वमा आउने बानी परेकाले नेकपाका कार्यकर्ता र जनमतप्रति विश्वास नभएर अलग भएको बताउँदै फर्केर आउन सुझाएका छन् ।
‘अहिले पनि केही बिग्रेको छैन, मूलधारमा फर्कन आह्वान गर्दछु,’ काठमाडौँमा प्रदेश १ नम्बर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतलाई फर्कन आह्वान गरेका हुन् । ‘तपाईँहरूलाई अध्यक्षबाट पनि हटाएको छैन, वरिष्ठ नेताहरूको पनि पद यथावत् छ, अब थाकिसक्नुभयो होला, कुरा बुझिसक्नुभयो होला,’ ओलीले भने, ‘अझै केही बिग्रेको छैन, फर्केर आउनुहोस् ।’
ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई बैगुनी केटा भन्दै व्यङ्ग्य हानेका छन् । ‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न, हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ, यो केटालाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर देखाउँछु भनेँ, कुदाकुदा गरेर भोट पनि मागे,’ प्रधानमन्त्री ओलीले भने, ‘जितेर आएपछि मन्त्री बनाइदिएँ, एक दिन त पुक्क लात्ता हानेर पो भाग्यो, को भनेर यसो हेर्दा त उही केटो ।’
प्रतिनिधिसभाको निर्वाचनमा ओलीले भट्टराईको निर्वाचन क्षेत्र तेह्रथुममा पुगेर जिताउन आग्रह गरेका थिए । ओलीले त्यसबेला भट्टराईलाई मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै भट्टराईले मन्त्री पदबाट राजीनामा दिएर सरकारविरुद्ध आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप