केही यातायात अझै सञ्चालन हुन सकेनन्


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ २

धरानः कोभिडका कारण २०७६ चैतदेखि बन्द भएको यातायात तथा भण्डारण क्षेत्र अझ पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्। नेपाल राष्ट्र बैैंकले गरेको पछिल्लो अध्ययनअनुसार मंसिरमा साढे १२ प्रतिशत यातायातका साधान सञ्चालन हुन सकेका थिएनन्।
नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनअनुसार ५० प्रतिशत यातायात तथा भण्डारण क्षेत्र सञ्चालनमा आउन नसकेको उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययनको तथ्यांकअनुसार मंसिरसम्म आइपुग्दा साढे १२ प्रतिशत यातायात तथा भण्डारण क्षेत्र सञ्चालनमा आउन नसकेको उल्लेख छ।
सञ्चालनमा आएका यातायात तथा भण्डारण क्षेत्रको कोरोबार पनि न्युन छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यातायात क्षेत्रको कारोबार असारमा १५.७२ प्रतिशतमात्रै थियो भने मंसिरमा कारोबार बढेर ५५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप