यस वर्षदेखि नयाँ शैक्षिक सत्र जेठ अन्तिमदेखि

एसइई परीक्षा पनि जेठ अन्तिममा नै हुने


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ १

धरानः यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ ।
चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।
‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौं’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।
‘गएको वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपरयो र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप