हामी आधिकारिक र सूर्य हाम्रै होः प्रम ओली, ओली गुटको आधिकारिकता छैनः नेपाल


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ १

धरानः नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दाबी गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।
बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो कुरा बताएका हुन् । उहाँले गुटले दाबी गर्ने आधार नभएको समेत बताउनुभयो । उहाँले संसद् विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा योजना बनाइरहेको बताउनुभएको छ ।
उता ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको एक नेताले जानकारी दिनुभएको छ ।
‘अब निर्वाचनमा जाने हो । १७ र २७ गतेबाट एकदिन ढिलाइ हुनुहुँदैन,’’ कुराकानीबारे उनले भने । उनले आफूहरु नै आधिकरिक भएको बताए । उहाँले प्रथम अध्यक्ष र महासचिव आफूहरुसँग भएकोले सूर्य चिह्न र आफूहरुकै हुने दावी गर्नुभयो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप