दिउँसै बत्ती बाल्नुपर्ने अवस्थामा धरान (७ तस्वीर)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २९

धरानमा जाडो बढेको छ । धरानमा हुस्सुका कारण जाडो मात्रै बढेको छैन मुख्य बजारका सडकका पोलहरु, सवारी साधनमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था आएको छ । भनौं दिनभरी लाग्ने हुस्सुका कारण धरान अँध्यारो बनेको छ । धरानका सडक, चोक, गल्ली, पसल, अफिस लगायत अधिकांश स्थानका मानिस जाडो मानिरहेका छन् । दिउँसोपख घाम नलागेको हुनाले पनि जाडो बढेको हो । अधिकांश सर्वसाधारण बाक्लो कपडामा सजिएका छन् ।
धरानमा जाडोका कारण जनजीवन नै प्रभावित छ । धरानमा यसअघि हुस्सु कम लाग्ने गर्दथ्यो तर यसपटक बढेको छ । धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाले धरानमा न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको बताए । उनले शीतलहर उत्तरतर्फ सर्दै गएको र धरानमा पनि हुस्सु लागेको बताए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप