नवोदय स्कुलमा विद्यार्थीले व्यवहारिक प्रतिभा देखाए

अर्को वर्षदेखि विज्ञान सङ्कायमा अध्यापन गरिने घोषणा


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २५

धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिरका विद्यार्थीले प्रतिभा देखाएका छन् ।
कक्षामा सिकेका विषयलाई व्यवहारमा उतार्दै प्रतिभा देखाएका हुन् । कक्षा–१० मा अध्ययरत ३५ जना विद्यार्थीहरुले नै प्रतिभा देखाएका हुन् ।
कक्षामा सिकेका कुरालाई अभिभावकलाई समेत देखाएका थिए । विज्ञान, गणित र अंग्रेजीको रिसर्च गरेर पोजेक्टवर्कअन्तर्गत उनीहरुले प्रस्तुतिमार्फत् प्रतिभा देखाए । विद्यार्थीले एकेडेमिकअन्तर्गत म्याजिक अफ म्याथम्याटिक्स, म्याजिक अफ साइन्स साथै नाटक पनि प्रस्तुत गर्दा अभिभावक समेत दङ्ग बनेका थिए ।
‘यसअघि अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, गायन, बोल्नेकलालगायतका प्रतिभा प्रस्तुत हुँदै आएका थिए तर योसँगै विद्यार्थीको प्रतिभा बाहिर निकाल्नका लागि फरक किसिमको कार्यक्रम गरेका हौं’, प्रिन्सिपल डम्बरकुमार तुम्बापोले भने, ‘यसले मैले के सिकें, कत्ति सिकें र स्टेजमा कसरी, कति प्रस्तुति देखाउन सक्छु आदिका बारे कन्फिडेन्स हुनुका साथै बालबालिकाले व्यवहारिक ज्ञान सिक्छन् ।’
आफ्नो अभिभावकलाई अगाडि राखेर कार्यक्रम गर्न पाउँदा खुशी लागेको विद्यार्थीले प्रतिक्रिया दिएको सहायक प्रिन्सिपल विद्याभुषण गुप्ताले जानकारी दिए । ‘विद्यार्थीले व्यवहारिक ज्ञान बाँडे, सिके साथै अभिभावकको प्रतिक्रिया पनि लियौं, नयाँ कार्यक्रम शुरु भएछ भन्दै धन्यवाद पनि दिए ।’ उनले भने । उनले नयाँ टिमले स्कुल लिएपछि भौतिकरुपमै कक्षा लाग्न थालेको दुई महिना मात्रै भएको भएपनि यस्तो कार्यक्रम गरेर विद्यार्थीले देखाएको भन्दै अभिभावकले राम्रो प्रतिक्रिया दिएको बताए ।
उनले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण स्कुलले मिलाइरहने बताए । ‘हामी आगामी दिनमा पनि फरक फरक प्रकारले विद्यार्थीलाई प्रतिभा पस्किने वातावरण मिलाउँछौं’, उनले भने, ‘यसले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै व्यवहारिक बन्न सिकाउँछ ।’ उनले व्यवहारिकसँगै संस्कारयुक्त शिक्षा दिलाउन नवोदय स्कुल लागिपरेको बताए । ‘हामीले संस्कारका कुरा गर्ने हो भने यस वर्षदेखि नै विद्यार्थीलाई तँ भन्न नपाइने नियम बनाएका छौं,’ उनले थपे, ‘त्यस्तै, शिक्षकले छडी पनि बोक्न पाउने छैन ।’
कार्यक्रममा युएन, नवोदय कलेजका अध्यक्ष ज्ञानेश्वर झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, म्यानजमेण्ट कोअर्डिनेटर सुमन बाँस्कोटालगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल तुम्बापोले अर्को वर्षदेखि युएन, नवोदय कलेजमा विज्ञान सङ्कायको पनि अध्ययन अध्यापन थालिने घोषणा गरे । ‘म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, बिबिएस, बिएचएम अध्ययन अध्यापन हुँदै आएको युएन, नवोदयमा अर्को वर्षदेखि विज्ञान सङ्कायको पनि अध्ययन अध्यापन थालिनेछ’, उनले भने ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप