संसद पुनःस्थापना नभए चुनावमा जानुपर्छः देउवा


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २५

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने बताएका छन् ।
शनिबार संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले चुनावका लागि तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिए । ‘संसद् पुनस्थापना भएन भने चुनाव हुने अवस्था आउँछ, चुनाव गराउन दबाब दिनुपर्छ’, उनले भने, ‘चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’
उनले अदालतले संसद विघटनलाई सदर गरे प्रचण्ड–नेपालले पनि चुनावमा भाग लिने भन्दै चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनले प्रतिनिधिसभा पुर्नस्थापना नभएको अवस्थामा घोषणा गरिएकै मितिमा निर्वाचन हुनैपर्ने बताए । चुनाव टारेर ओलीले शासन लम्ब्याउन खोजे उनलाई सडकबाटै हटाउनुपर्ने मत देउवाले राखेका छन् ।
त्यसका लागि संघर्ष आवश्यक पर्ने भन्दै उनले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे ओलीले चुनाव गराउँनैपर्छ । यदि गराएनन् भने उनलाई सडकबाटै हटाइनेछ । त्यो संघर्षका लागि तपाइँहरु तयार हुनुहोस्,’ देउवाले भनेका छन् ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै उनले त्यसविरुद्ध कांग्रेसले संघर्ष जारी राख्ने बताए । प्रधानमन्त्री ओलीको कदमबाट मुलुक अप्ठ्यारो स्थितिमा प्रवेश गरेकाले लोकतान्त्रिक विधिबाट मुलुकलाई सहज अवस्थामा फर्काउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप