नेपाल क्षयरोग निवारण संस्था सुनसरीको अध्यक्षमा गौरवमान श्रेष्ठ


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २५

धरानः नेपाल क्षयरोग निवारण संस्था सुनसरीको अध्यक्षमा गौरवमान श्रेष्ठ निर्वाचित बनेका छन् ।
धरानस्थित सिद्धिनेवाः परिषद्को भवनमा आयोजित कार्यक्रममा उनको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । संस्थाका केन्द्रीय सदस्य तथा निर्वाचन आयाुक्त राजन श्रेष्ठले निर्वाचित कार्य समितिलाई सपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालभरी अन्य पदाधिकारीको साथ र सहयोगले राम्रो काम गरेर देखाउने बताए । उनले निवर्तमान अध्यक्ष केशव श्रेष्ठलगायतलाई धन्यवाद ज्ञापन पनि गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप