
बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागूऔषध ब्राउसुगरसहित शुक्रबार अपराह्न ५ बजे २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३८ वर्षीय सुनला राजवंशी र ३२ वर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।