स्कुल बसको ठक्करले महिलाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २५

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शुक्रबार अपराहन पौने ५ बजेको समयमा को१क ३००९ नम्बरको जगत बोर्डिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडिबाट आउँदै गरेको को८प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी स्थानीय ४० वर्षीया दीपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप