ओली आए फेरि एकताः श्रेष्ठ

चोइटिएर जानेहरुले चुनाव जितेर देखाए हुन्छः प्रम ओली


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २४

धरानः राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली आए फेरि एकताबद्ध भएर अघि बढ्न सकिने बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रबार (आज) को बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले चाहे सच्चिने अवसर रहेको र ओली आए फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिने बताएका हुन् ।
नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्तासमेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई कागजको खोस्टा मात्रै बनाउन लागेको आरोप लगाए ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास पनि व्यक्त गरे । नेता श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला सुरु हुने बताए ।
उनले लोकतन्त्रको विकास गरी समृद्ध नेपाल बनाउँदै राजनीतिलाई सफा बनाएर विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा अगाडि बढाउनुपर्ने औंल्याए ।
उनले सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने भन्दै संविधानसम्मत फैसला गर्न उनले आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेलेको उनको भनाइ थियो । ‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला ग¥यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदेन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस् भन्ने आग्रह गर्दछौं ।’
दाहाल–नेपाल समूह भगौडा हुन्ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन् ।
उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छ,’ ओलीले भने ।
ओलीले दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । ‘चोइटिएर जानेहरुलाई दुई अंकमा चुनाव जितेर देखाउनुस् । १० वटा सिट ल्याएर देखाउनुस् । उहाँहरुले ठूल्ठूला कुरा गर्नुहुन्छ,’ ओलीले भने ।
कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ । प्रतिनिधिसभाको चुनाव हुन्छ ।’ चुनावको तयारीमा लाग्न आग्रह गर्दै उनले भने, ‘खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप