एसइई प्रदेशस्तरमा, प्रस्ताव पुग्यो मन्त्रीपरिषदमा


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २३

धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ ।
मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसइईको प्रदेश सरकारले र १२ को राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेपछि सो प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ । मन्त्रिपरिषद्बाट सो प्रस्ताव पारित हुनासाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ ।
अब एसईई परीक्षा प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा हुनेछ । सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी थालेको हो । वि.सं २०७५ देखि सातवटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरिप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ । उनका अनुसार एउटै मितिमा सञ्चालन भएपनि सातवटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ । मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवौं संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भएअनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताइन् ।
अहिलेको प्रस्ताव पनि ऐनको ड्राफ्ट अनुसार नै मिल्दोजुल्दो रुपमा तयार पारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसइई) को आवेदन फारम भने खुलाइसकेको छ । १६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिष्ट्रेशन र आवेदन फारम भराइसक्न बोर्डले भनेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप