युएन, नवोदय कलेजमा नाटक, छात्राले ‘रियल’ आँशु खसालेपछि… (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २२

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन् ।
अप्सरा खत्री, सपना राई, पूजा राई, भूमिका शंकर, कृतज्ञा राई, शिशिर कटुवाल, साहिल राई, सगम चौधरी, सुमन लिम्बूको विद्यार्थी समूहले नाटक प्रस्तुत गरेको हो ।
कोभिड–१९ को ‘नकारात्मक असर’ बारे नाटक प्रस्तुत गरिएको थियो । नाटक प्रस्तुत गरिरहँदा अप्सरा रोएकै थिइन् । उनले ‘रियल’ आँशु नै झारेकी थिइन् । नाटक प्रस्तुत गरिरहँदा अधिकांश विद्यार्थी पनि गम्भीर बनेका थिए । अप्सराले रियलरुपमै पनि आँशु झार्न सक्ने क्षमता आफूमा रहेको बताइन् । ‘मलाई मनदेखि छुनुपर्छ, तुरुन्तै आँशु झरिहाल्छु’, उनले भनिन्, ‘यो पनि कला हो, तर पनि मनभित्रैबाट ‘टच’ भए रियलरुपमै रुन्छु पनि ।’
यस्तै, विद्यार्थीले कोरोनाको फाइदा, बेफाइदा, राम्रो पक्ष, नराम्रो पक्षबारे चार्ट पेपर पनि प्रस्तुत गरेको अङ्ग्रेजी अध्यापिका दिव्या झाले जानकारी दिइन् । कक्षा–११ मा अध्ययनरत् म्यानेजमेण्ट सङ्कायका विद्यार्थीले प्रतिभा पस्केका हुन् । कलेजले विद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर ल्याउने गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
कलेजले यस्ता प्रतिभा बाहिर ल्याउने मात्रै नभई निखार्ने पनि काम गर्दै आएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । ‘अबका दिनमा नाटक, गीत, गायनलगायत अन्य प्रतिभा भएका विद्यार्थीलाई बाहिर ल्याउने कोसिस भइरहन्छ’, उनले थपे, ‘कलेजले गीत–सङ्गीत, नृत्यलगायत अन्यको पनि छुट्टै कक्षा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप